लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त
दाङ | साउन ७, २०८१
दाङ: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।
निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख समक्ष बुझाएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनका लागि नेपालको संबिधान धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः ३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका थिए।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

